राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे।
न्यौपानेले देशलाई सही निकास दिन कांग्रेस नेतृत्व अघि बढिरहेको भन्दै आफू कांग्रेसमा आबद्ध भएको बताए। उनले आगामी दिनमा कांग्रेसमा सक्रिय भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाए। सभापति थापाले पनि पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गर्दै न्यौपानेको प्रवेशले सर्लाहीमा कांग्रेस संगठन विस्तारमा सहयोग पुग्ने बताए।


















