सप्तरीमा दुई वर्षीया बालिकाको हत्या सौतेनी आमाले गरेको स्वीकारिन्

बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको चार दिन नबित्दै सप्तरीमा अर्की एक दुई वर्षीया बालिका मृत भेटिएकी छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी छोरी आफ्नै घरपछाडिको झाडीमा मृत भेटिएकी हुन् ।

हत्या आफूले गरेको बालिकाकै सौतेनी आमाले स्वीकारेकी स्थानीय जनप्रतिनिधिले बताएका छन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । बालिकाको शव परीक्षणका लागि अस्पताल पुर्‍याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।