इरानले होर्मुजमा जहाजहरूसँग शुल्क असुल्ने, संसद्‌बाट स्वीकृति

इरानको संसद्‌ले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूसँग टोल अर्थात् शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ । होर्मुजबाट आवतजावत गर्ने अनुमति पाएका देशहरूका जहाजहरूबाट समुद्री सेवाहरूबापत शुल्क लिइनेछ । शुल्कको बदलामा समुद्री सेवा, सुरक्षा र बिमा जस्ता सुविधाहरू दिइनेछ ।

यसबाहेक वातावरणीय सेवाहरू र विशेष परिस्थितिहरूमा इन्धन पनि उपलब्ध गराइनेछ। भुक्तानी इरानी रियाल वा इरानले रोजेको अन्य कुनै मुद्रामा गर्न सकिनेछ।