सरकारको प्रभाव र विश्वास घट्दै गइरहेको छ :अमरेशकुमार सिंह

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समाजमा अराजकता बढेको बताए ।

‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईवटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्तपीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ, उनले भने ।

सांसद सिंहले अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको बताए । ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ । यसलाई राम्रो छलफलको आवश्यकता छ,’ सिंहले थपे ।