रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, प्रमुख भन्सार प्रशाशक ढुंगानासहित २५ जना सम्पर्कमा

भोटेकोशी बाढीका कारण रसुवागढी भन्सारका १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवा भन्सारमा ३६ जना स्थायी कर्मचारी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् ।

चार जना, करार र ज्यालादारी कर्मचारी रहेकोमा एक जना सम्पर्कमा आएका छन् । ११ जना स्थायी कर्मचारी र तीन जना करार र ज्यालादारी कर्मचारीको खाेजी जारी छ ।