नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाएका हुन् ।


















