भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरेको छ ।टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरुले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन् ।
शव हेलिकप्टरमार्फत अन्यत्र लैजा विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिँधै शव राखेर लैजान दुर्गन्ध फैलिएपछि शवलाई सुरक्षित रूपमा राखेर ओसारपसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो।


















