सम्पर्कविहीनको परिवारको डिएनए नमुना लिन सुरु

बाढीमा सम्पर्कविहीन भएकाहरूको शव सनाखतका लागि प्रहरीले डिएनए जाँचको प्रक्रिया अघि बढाएको छ । संकलन भएका सबै शवको यसअघि प्रहरीले डिएनए नमुना लिइसकेको छ । अब उनीहरूका परिवारको डिएनए नमुना ल्याएर ‘म्याचिङ’ गराइने छ ।

यसैबिच प्रहरीले सोमबार सूचना जारी गरी डिएनए नमुना उपलब्ध गराउन सम्पर्कविहीनका परिवारलाई आग्रह गरेको छ । नेपालमा नेपाल प्रहरीको प्रयोगशाला तथा राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षण हुन्छ । हाल प्रहरीले शवको डिएनए नमुना लिएर अस्थायी व्यवस्थापन गरिरहेको छ ।