यमनको अल–जौफ प्रान्तको हज्म सहरस्थित केन्द्रीय कारागारमा सोमबार भीषण आक्रमण भएको छ । आक्रमणमा परी एक बालकसहित कम्तीमा सातजनाको मृत्यु भएको छ । आक्रमणमा एक महिलासहित अन्य सातजना गम्भीर घाइते भएका छन् ।
आक्रमणका क्रममा कारागारको एक भाग ध्वस्त भएर भग्नावशेषमा परिणत भएको थियो । त्यसक्रममा ३५ जना कैदी तथा कैदीलाई भेट्न आएका आफन्तहरू भग्नावशेषमा पुरिएका छन् ।



















