साउदी अरबको वायु प्रतिरक्षाले मक्काको हवाई क्षेत्रमा प्रवेश गर्न खोजेको हुथी ड्रोनलाई रोकेको बताएको छ । स्थानीय समयअनुसार मंगलबार साँझ ६ः५० बजे मक्काको दक्षिणमा ड्रोन रोकिएको हो। मक्काको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै ड्रोन नष्ट गरिएको स्रोतले जनाएको छ ।
सन् २०१७ मा पनि हुथी समूहले मक्कातर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र साउदी वायु प्रतिरक्षाले रोकेको थियो।


















