अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानका अधिकारीबीच मंगलबार करिब तीन घण्टा भेटवार्ता भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा अमेरिकी दूत स्टिभ विटकफ र जारेद कुस्नरले इरानी अधिकारीसँग भेटवार्ता गरेका हुन्।
यस भेटवार्तामा उच्चस्तरका इरानी प्रतिनिधि सहभागी नभए पनि भेटवार्ता आफैंमा महत्वपूर्ण रहेको उनले बताए । ट्रम्पले भेटवार्ता ‘धेरै राम्रो’ भएको बताए। ट्रम्पले युद्ध अन्त्यको सम्झौता नभए इरानलाई सर्वनाश गर्ने धम्की दिएकै दिन यो अप्रत्याशित भेटवार्ता भएको हो ।


















