चोलेन्द्रलाई भेट्न पुग्यो मानव अधिकार आयोगको टोली

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ। जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको छ।

आयोगको टोली जबरालाई भेट्न कार्यालय पुगे पनि सुरक्षाकर्मीले करिब आधा घण्टादेखि गेटमै रोकेको जनाइएको छ। टोलीलाई किन प्रवेश नदिइएको भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन।