साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा पाँच हजार रुपैयाँले घटेको हो।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















