साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्से १६ अंकभन्दा बढीले घट्न पुगेको छ । यस दिन १६.४७ अंकले घट्दै नेप्से सूचक २ हजार ६१३.३३ अंकमा झरेको नेप्सेले जनाएको छ ।
तथापि, आज ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ट्रेडिङ समूहको उपसूचक झिनो अंक (०.२३ प्रतिशत)ले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । २२३ कम्पनीको शेयरमूल्य घट्दा आज जम्मा ५० कम्पनीको मात्र मूल्य बढेको छ ।
तथापि, लक्ष्मीसनराइज डिभेन्चरको मूल्य आज १५ प्रतिशतले बढेको छ । यसैगरीऽ केबीएल डिभेन्चरको मूल्य १२.१७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।


















