कांग्रेस महामन्त्री पौडेल काठमाडौं–५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनका लागि काठमाडौं–५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कांग्रेस सभापति गगनकुमार थापा पनि काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

उपसभापति विश्वप्रकाश शर्मा भने झापा–१ बाट मतदानमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।