कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरेको छ। सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

सभापतिका लागि १० प्रस्तावक–समर्थक, उपसभापति र महामन्त्रीका लागि ७–७, सहमहामन्त्रीका लागि ५–५ तथा केन्द्रीय सदस्यका लागि ३–३ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ।