प्रधानमन्त्री’ भन्ने पदको गरिमा रहेन यो देशमा :हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै साम्पाङले प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले सार्वजनिक मञ्चबाट राजनीतिक विषयमा ‘तल झरेर’ टिप्पणी गर्न नहुने बताएका हुन्।

साम्पाङले प्रधानमन्त्री शाहले खुलामञ्चलाई लिएर गरेको टिप्पणी उपयुक्त नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “प्रधानमन्त्रीजस्तो पदले खुलामञ्चको बारेमा त्यति तल झरेर किन बोल्या होलारु प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा।”

उनले प्रधानमन्त्री शाहको ‘मैले बाटो बनाएकोले हिँड्न पायौ’ भन्ने आशयको अभिव्यक्तिप्रति पनि प्रश्न उठाएका छन्। यस्तो शैलीले सार्वजनिक पदको गरिमामाथि प्रश्न उठ्न सक्ने साम्पाङको भनाइ छ।