बालेनको टिप्पणीमा विश्वप्रकाशको प्रतिउत्तर : ‘बोल्ने स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको कांग्रेस महाधिवेशन लक्षित टिप्पणीप्रति प्रतिउत्तर दिएका छन्। कांग्रेस महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए। कांग्रेसले संघर्ष गरेर ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको उल्लेख गर्दै उनले लोकतन्त्रको परीक्षण व्यवहारबाट हुने बताए।

प्रधानमन्त्री शाहले आइतबार कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा खुलामञ्चमा गएर नेताहरूले गाली गर्न पाएको भन्दै टिप्पणी गरेका थिए।