काठमाडौँ । बागमती प्रदेश भलिबल संघको दोस्रो निर्वाचन अधिवेशन यही असोज २६ गते सोमबार हुने भएको छ।
संघका अनुसार अधिवेशन काठमाडौँको बुद्धनगरस्थित अधिवेशन आरम्भ बैंक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ।
बागमती प्रदेश भलिबल संघका अध्यक्ष माधव के.सी. र महासचिव सुदर्शन जमकटेलले संयुक्त रूपमा सूचना जारी गर्दै अधिवेशनको मिति, समय र स्थानबारे जानकारी गराएका हुन्।
संघले अधिवेशनमा सम्बन्धित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ। अधिवेशनका सम्बन्धमा संघले जारी गरेको आधिकारिक सूचना निम्नबमोजिम रहेको छ।




















