भारतमा राहुल गान्धीसहित विपक्षी नेताहरू हिरासतमा

भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका विपक्षी नेता राहुल गान्धीसहित केही सांसदलाई प्रहरीले मंगलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ।

विपक्षी दलहरूले संसद्बाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो । ब्यारिकेडनजिक भारतीय झण्डा लिएर उभिएका गान्धीसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै विपक्षी दलहरूले शुक्रबारदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरूले निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।