नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
यसैबीच शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो ।
गत विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए ।




















