गगन थापाले गराए सभापति पदमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुलातर्फ सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी गत पुसमा भएकाे विषेश महाधिवेशनपछि सभापतिमा चयन भएका थिए।