परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध र आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

भेटका क्रममा विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।

उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेकी छन्। यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको थियो।