बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ३६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चारवटा हेलिकप्टर र स्थलमार्गमा खटिएका फौज परिचालन गरी उनीहरूको उद्धार गरिएको हो।
सेनाले चुमनुब्रीको जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुँबाट १२ जनाको उद्धार गरेको जनाएको छ। नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी राखेको छ।




















