नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजित भएका डा.सुनिलकुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेका छन्। निर्वाचनको परिणाम जस्तोसुकै भए पनि आफू पार्टी र नागरिकको सेवामा निरन्तर समर्पित रहने उनको प्रतिबद्धता छ।
शर्माले महान् नेता बीपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बताएका छन्।
उनले लेखेका छन्, “महान् नेता बीपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ।”




















