नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको निधन भएको छ । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्याउँदै गर्दा निधन भएको हो ।
एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए । त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनी जनता टिभीका सञ्चालक समेत हुन् ।




















