श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले सांसद पद नागरिकको भरोसा र सार्वजनिक नैतिकतासँग जोडिएको जिम्मेवार पद भएको बताएका छन् ।उनले उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर आरोप उठेपछि त्यसको निष्पक्ष निरूपण आवश्यक रहेको उल्लेख गरेका छन्।
किरातीले सुनारलाई राजीनामा दिएर नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्न र सांसद पदको मर्यादा कायम राख्न आग्रह गरेका छन्।




















