नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० र चाँदीको मूल्य २ सय २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ थियो ।



















