बाढी र पहिरोका कारण गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–१, २ र ३ अन्तर्गत नयाँपुल क्षेत्रमा बाढीले सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ।
उक्त पुल असोज २५ गते बिहानदेखि बन्द रहेको छ। त्यस्तै, सुर्खेतमा कात्तिक १ गते बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ। तर अवरुद्ध सडकको नाम, स्थान र खुल्ने अवस्थाबारे विस्तृत विवरण प्राप्त भएको छैन।


















