रसुवाका दुई गाउँपालिका जोड्ने काठेपुल भोटेकोशीले बगायो

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय बासिन्दाले निर्माण गरेको काठे पुल बाढीले बगाएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि स्थानीयले आफ्नै श्रम र खर्चमा वैकल्पिक काठे पुल निर्माण गरेका थिए। तर, शनिबार उक्त काठे पुल पनि बगाएको हो।

पुल बगेसँगै गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबीचको आवतजावत पूर्ण रूपमा बन्द भएको छ। अन्य कुनै वैकल्पिक मार्गसमेत नहुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ।