न्यायाधीशबारेका समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशहरूबारे सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सोमबार बसेको सबै न्यायाधीश सम्मिलित बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित र निष्पक्ष छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति न्यायपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्दै छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्ने जनाएको छ।

साथै, अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। न्यायिक काममा विचलित नभई सक्रिय रहन सबै अदालतका न्यायाकर्मीलाई पनि बैठकले निर्देशन दिएको छ।