सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालतमा उपस्थित हुने भएका छन्। सर्वोच्च अदालत प्रशासनका अनुसार उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका छन्। तिहारको सार्वजनिक बिदापछि आगामी कात्तिक ३० गते अदालतमा हाजिर हुने गरी उनले बिदा लिएका हुन्।
उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो। यस विषयमा फुयालले सापकोटासँगको भेटले विचाराधीन मुद्दामा कुनै प्रभाव नपारेको भन्दै स्पष्टीकरण दिएका थिए।


















