प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय तथा सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे जानकारी गराउने बताइएको छ।
कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले पत्रकार धरपकडलगायत सरकारका विवादित विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्न माग गरेको थियो।जसका लागि जतिसक्दो छिटो संसद् बैठक बोलाउनुपर्ने माग कांग्रेसको छ ।


















