मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गरेको छ । मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।उनले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे ।

राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।