रवि लामिछानेलाई पत्रकारको प्रश्न- कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि आपराधिक गतिविधिमा संलग्न भएको पाइए कारबाही हुनुपर्ने बताएका छन्।

बिहीबार चितवन पुगेका लामिछानेलाई पत्रकारहरूले कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए। जवाफमा उनले सरकारका निकायहरू संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको बताए। पत्रकारले पुनः कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दा लामिछानेले भने, ‘उहाँले आपराधिक क्रियाकलाप गर्नुभएको छ भने किन हुँदैन कारबाहीरु’

पत्रकारहरूले मिडिया हाउस र पत्रकारमाथि प्रहरी धरपकड, दानबहादुर कार्कीलाई आईजीपीबाट हटाइएको विषय तथा इनम सापकोटा प्रकरणबारे पनि लामिछानेसँग प्रश्न गरेका थिए।