माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ९४ करोड रुपैयाँको विद्युत् बिक्री गरेको छ। ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो।
तर, आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ। पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २ करोड रुपैयाँ कम हो। वित्तीय खर्च १ अर्ब ४ करोडबाट बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेपछि नाफामा असर परेको कम्पनीले जनाएको छ।


















