नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको दोस्रो खेलमा काठमाडाैं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ । टीयू मैदानमा काठमाडाैंका कप्तान करण केसीले टस जितेर पोखरा एभेनजर्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
काठमाडाैं अंकतालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा छ । काठमाडाैं आजको खेल जित्दै शीर्ष दुईमा स्थान बनाउने लक्ष्यमा छ । पुछारको पोखरा भने प्लेअफ दाैडबाट बाहिरिसकेको छ ।


















