स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

स्थानीय तहको निर्वाचन मिति तय गर्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ। आयोगले मंसिर ४ गते राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ। आयोगको निमन्त्रणाबारे नेपाली कांग्रेसका सभापति गगन थापाले पनि जानकारी दिएका छन्। प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले राष्ट्रिय दलको मान्यता पाएका छन्। जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन्।