नेपाल प्रहरी प्रमुख (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तिहार र छठ पर्वको बिदाका कारण यसअघि तोकिएको पेसी सरेर बुधबारका लागि तय भएको हो ।
कार्कीले आफूलाई कुनै जानकारी र स्पष्टीकरणको मौका नदिई पदबाट हटाइएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीमुक्त गर्दै एआईजी मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो।
सरकारले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णयसमेत गरेको थियो।


















