दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन एआईजी डा.मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।