राप्रपाको महाधिवेशन खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठौं केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा आयोजना गरिने पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

प्रदेश सभा क्षेत्र, जिल्ला, प्रदेश तथा विभिन्न तहबाट प्रतिनिधि चयन गरिने व्यवस्था रहेको छ। यसपटकको महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र प्रवक्ता ज्ञानेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने सम्भावना छ।