कार्डमा ओलीले बरखी बारेको फोटो राखेको भन्दै एमाले प्रतिनिधिको गुनासो

नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूको कार्डमा प्रतिनिधिको फोटो नराखेर अध्यक्ष ओलीको फोटो राखेको भन्दै केही प्रतिनिधिहरूले गुनासो गरेका छन् ।

आजबाट काठमाडौँको कार्की ब्याक्वेटमा सुरु हुने एमालेको दुई दिने राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूको कार्डमा अध्यक्ष ओलीको बरखी बारेको (सेतो कपडा लगाएको)तस्बिर राखिएको छ भने कार्डमा प्रतिनिधिको नाममात्र लेखिएको छ ।

प्रतिनिधिहरूले सबै कार्डमा ओलीको बरखी बारेको फोटो राखेर सिङ्गो एमालेले बरखी बारेको जस्तो सन्देश दिन खोजेको गुनासो समेत गरेका छन् ।