काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्। श्रेष्ठले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने खुलाएकी छैनन्।

आफ्नो ज्ञान, सीप र अनुभव काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणमा लगाउने उनको भनाइ छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्रीसमेत हुन्।