विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।
बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार पाकिस्तानको लाहोर ३२५ एक्यूआईसहित पहिलो र बंगलादेशको ढाका २५६ सहित दोस्रो स्थानमा छन्। त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा रहेका छन्।


















