साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















