सेनाको प्रवक्ता फेरिए, श्रेष्ठले सम्हाले जिम्मेवारी

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठलाई दिइएको छ। उनले बिहीबार (मंसिर ३) देखि जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका हुन्। यसअघि उक्त जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ। बस्नेतले गत वर्ष असारदेखि सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।