पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको परीक्षण

पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ। पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो।

सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार फतह–३ मा अत्याधुनिक नेभिगेसन तथा प्रोपल्सन प्रणाली जडान गरिएको छ। यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यमा प्रहार गर्न सक्षम रहेको पाकिस्तानी सेनाको दाबी छ।