स्थानीय तहको चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो निर्वाचन तालिका प्रस्तुत गरेको हो। छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त देखिएको भन्दै पार्टीभित्र थप छलफलपछि अन्तिम धारणा बनाउने बताएका छन्। बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेताहरू सहभागी थिए।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो। सोही निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते सकिँदैछ।