बालेनको भारत भ्रमणमा कुनै ब्रेक थ्रु भएन : भारतीय प्राध्यापक मुनी

भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा कुनै ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले भ्रमणको प्रस्तुति र प्रतिबद्धता आकर्षक भए पनि नतिजा अपेक्षित सीमामै सीमित रहेको बताएका छन्। उनले संयुक्त भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै यसको कार्यान्वयन दुई देशबीचको राजनीतिक सम्बन्धमा निर्भर रहने उल्लेख गरेका छन्।

मुनीले बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतीय प्रस्तावलाई चीनसँग जोडिएको सुरक्षा संवेदनशीलता परीक्षण गर्ने प्रयासका रूपमा समेत व्याख्या गरेका छन्। उनका अनुसार नेपाल तत्काल त्यस विषयमा भारतसँग सहकार्य गर्न तयार देखिएको छैन।