ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बिहीबार अदालतले सापकोटासँगै महेश श्रेष्ठ र सुशील भट्टलाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। सापकोटामाथि राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने श्रेष्ठ र भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी छ।
श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वसीईओ हुन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि सापकोटा पक्राउ परेका थिए।


















